पोखराका ३ सय ६८ जना सहित एकैदिन ७ हजारभन्दा धेरै सङ्क्रमित थपिए

update corona

बैशाख १९, कास्की,

पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण थप २७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।

यस्तै एक हजार ६ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८३ हजार नौ सय ९४ पुगेको छ । अहिले ४८ हजार सात सय ११ जना सक्रिय सङ्क्रमित रहेकोमध्ये चार सय ७७ जना आइसोलेशनमा र एक सय १३१ जना भेन्टिलेटरमा छन् ।
यसैबिच

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको जनस्वास्थ्य निर्देशनालयले जारी गरेको आठौं बिज्ञप्ति सम्मको अद्यावधिक विवरणमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये १० जिल्लामा संक्रमित फेला परेका छन् । गण्डकीमा ५ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । गोर्खा बाहेक सबै जिल्लामा संक्रमित फेला परेका हुन् ।
गण्डकी प्रदेशको राजधानी कास्कीमा सबैभन्दा धेरै ३ सय ६८ जना संक्रमित पुष्टि भएका छन् ।
यस्तै, स्याङ्जाका १ सय ४ जनामा, नवलपुरका २९ जनामा, म्याग्दीका २३ जनामा, मुस्ताङका १३ जनामा, तनहुँका १४ जनामा, लमजुङका ८ जनामा, पर्वतका ९ जनामा र मनाङ र बाग्लुङका ४–४ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको बिज्ञप्तिमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा पोखराका ५ जना सहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या २ सय ३१ पुगेको छ । प्रदेशमा अहिले सबैभन्दा बढी संक्रमित कास्कीमा रहेका छन् । कास्कीमा मात्र १२ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको निर्देशनालयले बताएको छ ।

गण्डकी प्रदेशको सम्पूर्ण विवरण