प्रदेश सभामुख अधिकारीले जनमोर्चा संसदीय दलका नेता थापासँग वार्ता गर्दै

adhakari

बैशाख १९, कास्की

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले विशेष अधिवेशनको बैठक सुचारु गर्न दलहरुसँग छलफल थाल्न लाग्नुभएको छ । वैशाख १५ गते स्थगित भएको बैठक फेरि चालु गर्न उहाँले आइतबारबाट दलहरुसँग छलफल थाल्न लाग्नुभएको हो ।


राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा

सभामुख अधिकारीले आइतबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापासँग वार्ता गर्दै हुनुहुन्छ । जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको र खोजी गर्न माग गर्दै जनमोर्चाकी सांसद पियारी थापाले सभामुखलाई निवेदन दिनुभएको थियो ।

सोही निवेदनको आधारमा सभामुखले विषेश अधिवेशन अनिश्चितकालकालागि स्थगित गर्नुभएको थियो ।

हराउनु भएका भनिएका सांसद शाही सोही दिन पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना भएको सार्वजनिक भएको थियो । सांसद शाहीबारे आफूले सूचना पाए पनि औपचारिक रुपमा उहाँ भेटिएको जानकारी लिन थापालाई छलफलका लागि डाकेको उहाँ निकट स्रोतले बताएको छ ।