आईपिएलमा मुम्बईद्धारा चेन्नई पराजीत

IPL

बैशाख १९, भारत,


इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । चेन्नईले दिएको २१९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
खेलमा मुम्बईका लागि केरन पोलार्डले ३४ बलमा अविजित ८७ रन बनाएर मुम्बईलाई जित दिलाएका थिए । पोलार्डले यस सिजनको आइपिएलको कम बलको अर्धशतक समेत बनाएका थिए। ८७ रन बनाउँदा ६ चौका र ८ छक्का प्रहार गरेका पोलार्डले १७ बलमा अर्धशतक पुरा गरेका थिए ।
त्यस्तै मुम्बईका लागि क्वेंटन डिककले ३८ रन बनाए भने कप्तान रोहित शर्माले ३५ रन, कृनल पाण्डेले ३२ रन र हार्दिक पाण्डेयले ७ बलमा १६ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै २१८ रन बनाएको थियो ।
चेन्नईका बलर साम कुरानले ३ विकेट लिएका थिए भने श्रदुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले एक विकेट लिएका थिए ।
चेन्नईका लागि अम्बाती रायाडूले सर्बाधिक अविजित २७ बलमा ७२ रन बनाएका थिए । रायडूले २७ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाएका थिए ।
त्यस्तै मोइन अलीले ३६ बलमा ५८ रन बनाए भने फाफ डुप्लेसिसले २८ बलमा ५० रन बनाए । त्यस्तै रविन्द्र जडेजाले २२ रन बनाए । मुम्बईका बलर केरन पोलार्डले २ विकेट लिए भने ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले एक एक विकेट लिए ।
यो जितपछि मुम्बई इण्डियन्सले आफ्नो ७ खेलमा चौथो जित हासिल गरेको छ र मुम्बई अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै चेन्नईको भने ७ खेलमा ५ जित र दोस्रो हारसहित शिर्ष स्थानमा कायम रहेको छ ।