नेपाल सुपर लिगमा आज पोखरा थन्डर्स र ललितपुर सिटी बिच प्रतिस्पर्धा हुने

super-league logo

बैशाख १९, कास्की,


नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दैछन् । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
जारी लिगमा पोखरा थन्डर्सले ३ मध्ये एकमा जित, एकमा बराबरी र एकमा हारको नतिजा निकालेको छ । ललितपुरले भने दुईटा खेलमा बराबरी गर्दा एउटामा पराजय भोगेको छ ।
लिगमा ४ खेल खेलेको धनगढी २ मा जित र १ मा बराबरी खेल्दै ७ अंकसहित शीर्ष स्थानमा छ भने एकमा जित र दुई खेलमा बराबरी गरेको बुटवल–लुम्बिनी ५ अंकसहित दोस्रो स्थानमा छ ।
हिजोका खेलमा बुटवल–लुम्बिनी र विराटनगरले २–२ गोलको बराबरी खेल्दा धनगढीले चितवनलाई ३–० गोलले पराजित गरेको थियो। प्रतियोगितामा ७ वटा फ्रेन्चाइज टोली सहभागी छन् । विजेता टिमले ३५ लाख हात पार्ने छ ।