बैशाख १७, कास्की
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ प्रणालीले थेग्ने नसक्नेगरी कोभिड संक्रमण फैलिरहेको जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणदर तीव्र भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयल अति प्रभावित २२ जिल्लामा संक्रमण फैलिने दर डरलाग्दो भएको जनाएको ।
मन्त्रालये भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । अहिले कोभिड संक्रमण तीव्र भएकाले अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नरहेको पनि जानकारी गराएको छ ।
त्यस्तै मन्त्रालयले देशका २२ जिल्लालाई ‘रेड जोन’मा राखेको छ । मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस डरलाग्दो गरी फैलिरहेको जनाउँदै २२ जिल्लालाई ‘अति प्रभावित जिल्ला’ को सूचीमा राखेको हो ।
मन्त्रालयले कास्की जिल्ला सहित काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कंचनपुरलाई रेड जोनमा रहेको जनाएको छ ।