मानव जातिलाई चन्द्रमामा पु¥याउने कोलिन्सको ९० वर्षको उमेरमा निधन

kolins

बैशाख १६, एजेन्सी,
मानव जातिलाई चन्द्रमामा पु¥याउने पहिलो अभियान एपोलो–इलेभेनका एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा बुधबार निधन भएको हो ।
कोलिन्सको निधनपछि अब एपोलो–इलेभेन मिसनको एकमात्र जीवित ‘क्रु’ सदस्य बज एल्ड्रिन छन् । अपोलो– ईलेभेन अभियान अन्तर्गत २० जुलाई १९६९ मा पहिलो पटक अन्तरिक्ष यान चन्द्रमामा उत्रिएको थियो । माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने उनका सहयोगी निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिन चन्द्रमामा ओर्लिएका थिए ।