गण्डकी प्रदेश विशेष अधिबेशन फेरी सुचारु हुने तयारी

gandaki Pradesh

बैशाख १७, कास्की,


राष्ट्रिय जनमोर्चाको नेता सम्पर्कबिहिन भएपछि रोकिएको गण्डकी प्रदेशको बिशेष अधिबेशन फेरी सुचारु हुने तयारी भईरहेको छ ।
प्रदेश अधिबेशन सुचारु हुनुपुर्व सत्तापक्ष र प्रतिपक्षी दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । बिहिबार पृथ्वी सुब्बा नेतृत्वको सरकाले मन्त्रीपरिषद बिस्तार गरेको छ भने आज नेपाली काँग्रेस, माओबादी केद्र, जनता समाजबादी र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बसेको छ ।
आज बसेको चारदलको बैठक पुनः बस्ने गरि स्थगित भएको बिकास समितिका अध्यक्ष दीपक कोईराले जानकारी दिनुभयो ।
बैठकमा सहभागि जनता समाजबादीका नेता हरिशरण आचार्यले अविश्वास प्रस्ताब पास हुने बिषयमा कुनै शंका नै नभएको र केहि तयारीका लागि फेरी बैठक बस्ने गरि आजको बैठक सकिएको बताउनुभयो ।
बैठकमा जनमोर्चाले आफ्ना सबै सांसदहरुले अबिश्वासको प्रस्ताबको पक्षमा मतदान गर्ने बताएको थियो ।
यसैबिच
सरकारविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएर संसदमा पेन्डिङमा रहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रिमण्डल विस्तार संगै नेकपा एमाले निकट मानिएका स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ ।
नव नियुक्त हुनुभएका स्वतन्त्र सांसद दीपक मनाङेले प्रदेश नीति तथा योजना आयोगको सभाहलमा हिजो साँझ सवा ५ बजे मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनसामु सपथग्रहण गर्नुभएको हो । सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित थिएनन् ।
अब प्रदेशसभामा मुख्यमन्त्रीको विपक्षमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपा एक भए मात्र बहुमत पुग्छ । कुनै एक सदस्यले मात्र फ्लोर क्रस गर्ने हो भने अविश्वासको प्रस्ताव फेल हुन्छ । मनाङ्गेलाई मन्त्री नबनाउँदा उहाले अविश्वासको प्रस्तावमा मत दिनसक्ने र फ्लो क्रसले पनि सरकार नटिक्ने अवस्था आउनसक्ने आकलन गरेर यो कदम चालिएको नेताहरु बताउँछन् ।