भारतमा चार धाम यात्रा पनि रद्द

bharat

बैशाख १६, एजेन्सी,


भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बन्दै गएपछि चार धाम यात्रा रद्द गरिएको छ । आउँदो मे १४ अर्थात् वैशाख ३१ गते चार धाम यात्रा तय गरिएको थियो । उत्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले चार धाम यात्रा रद्द गरिएको जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना सङ्कटलाई मध्यनजर गर्दै यसपालिको चार धाम यात्रा रद्द गरिएको मुख्यमन्त्री रावतले बताउनुभयो । उहाँले चार धाम मन्दिरमा त्यहीँका पुजारीले मात्रै दैनिक हुने नित्य पूजा मात्रै गर्ने बताउनुभएको छ ।
उत्तराखण्डमा रहेको चार धाममा बद्रीनाथ, केदारनाथ, गङ्गोत्री र यमुनोत्रीको दर्शनका लागि भातबाहिरबाट पनि हजारौँ यात्री पुग्ने गरेका छन् । तर यसपालि कोरोनाका कारण यात्रा रद्द भएको छ ।
भारतमा गएको २४ घण्टामा मात्रै तीन लाख ७९ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यस्तै यो अवधिमा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ ।