कारोबार हुने अन्तिम दिन नेप्से २६ अङ्कले बढ्यो

tt

बैशाख १६, कास्की,


शेयर बजार कारोबार मापक नेप्से परिसूचक बिहीवार (आज) झन्डै २६ अङ्कले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन परिसूचक २५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६ सय ११ दशमलव १० विन्दुमा पुगेको छ ।
बिहीवार होटल तथा पर्यटन र लगानी समूहबाहेक अरू समूहको सूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक एक सय ४२ दशमलव ८८ अङ्कले बढेको छ ।
बिहीवार चार अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरका ९८ लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडको ३० करोड ९६ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।