पूर्वरानी कोमल आईसीयूमा,पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य

shaha dampati

बैशाख १६, कास्की,

कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ ।

‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको र अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य र स्थिर रहेको बताईएको छ ।