नेप्से आज फेरी १४ अङ्कले घट्यो

seyar bajar

बैशाख १५,कास्की,


केही दिनयता उतारचढाव हुँदै आएको शेयर बजार बुधवार (आज) फेरि घटेको छ । नेप्से आज १३ दशमलव ७९ अङ्कले घटेर २५ सय ८५ दशमलव २८ विन्दुमा झरेको छ ।
आज व्यापार, उत्पादन र अन्य समूहको शेयर बढे पनि बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र लगानी समूहको शेयर घटेको छ ।
आज दुई सय १५ कम्पनीका ८९ लाख ६५ हजार कित्ता शेयर तीन अर्ब ९९ करोड रुपैयाँमा कारोबार भएका छन् । एनसीसी बैंकको सबैभन्दा धेरै २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।