विदेश जाने व्यक्तिको सरकारी वा ‘ए’ वर्गका प्रयोगशालाबाट मात्र कोरोना परीक्षण हुने

corona test final

बैशाख १५, कास्की,

सरकारले विदेश जाने व्यक्तिको कोरोना परीक्षण सरकारी वा ‘ए’ वर्गका प्रयोशालाबाट मात्र हुने भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जाने व्यक्तिहरूको परीक्षण सरकारी तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोशालाहरूबाट मात्र परीक्षण हुने जनाएको हो ।

त्यस्ता प्रयोगशालाबाट परीक्षण गरिएका रिपोर्टहरूमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाकारी दिनुभयो ।