सभामुखले आफूखुशी बैठक स्थगित गरेको एमाले सांसदको आरोप

Krishna-Thapa

बैशाख १५, कास्की,

गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएपछि नेकपा (एमाले)ले असन्तुष्टि व्यक्त गरेको छ । एमालेका प्रदेश सभा सदस्य कृष्ण थापाले कुनै दलको पक्षपोषण गरेर सभामुखले आफूखुशी बैठक स्थगित गरेको आरोप लगाउनुभयो ।

‘कुनै दलको पक्षपोषण गरेर होला, उहाँले आफूखुशी यो सूचना टाँसेको यहाँ देखिएको छ । यो संसदीय मर्यादा, हाम्रो कार्यव्यवस्थाको अहिलेसम्मको चलनचल्तीको विपरीत छ । सभामुखले जुन घटना घटनाउनुभएको छ, त्यसको जिम्मा सभामुखले लिनुपर्छ’, उहाँले भन्नुभयो । उहाले सभामुखले आफूहरूलाई थाहै नदिइकन बैठक स्थगित गरेको आरोप पनि लगाउनुभएको छ ।