बैशाख १५, कास्की
सम्पर्कविहीन भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद खिमबिक्रम शाही चरक मेमोरियल हस्पिटलको आईसीयूमा भर्ना हुनुभएको खुलेको छ ।
शाही आज दिउँसो १२ बजे अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको सांसद खिमबिक्रम शाहीका स्वकीय सचिव मीलन हमालले जानकारी दिनुभएको हो । हमालले सांसद शाही अहिले आफ्ना भाइ जुनविक्रम शाहीसँगै अस्पतालमा रहेकोले शुभचिन्तकलाई नआतिन आग्रह गर्नुभएको छ । उहाँमा कुन स्वास्थ्य समस्याका कारणले अस्पताल भर्ना अगिएको हो भन्नेबारे खुलाइएको छैन ।