गण्डकी प्रदेशमा ३ सांसद सहित २ जना कर्मचारिमा समेत कोरोना पुष्टि

corona test final

बैशाख १५, कास्की,

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार कोभिड पोजिटिभ देखिने सांसदहरूमा एमालेका राजिव पहारी र प्रभा कोइराला त्यस्तै कांग्रेसकी मनकुमारी गुरुङ रहनुभएको छ । यस्तै प्रदेशसभाका दुई जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । बैठकमा एमाले सांसदहरुले परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् ।

सांसदको पीसीआर परीक्षण भइसकेपछि आज दिउँसो १ बजे विशेष अधिवेशनको बैठक बस्न लागेको छ । प्रदेशमा मुख्यमन्त्री पृथ्बीसुव्वा गुरुङविरुद्ध आइतबारमात्रै अविश्वासको प्रस्ताब पेश भएको थियो । आज सोही विषयमा छलफल हुने कार्यसूची रहेको छ । कोरोना पोजेटिभ देखिएका सांसदले मतदानमा भाग लिन पाउने तर संसदमा बोल्न भने नदिइने बताईएको छ ।