दुईदिन लगातार घटेको शेयर बजारमा आज सुधार

tt

बैशाख १४, कास्की,

दुई दिन लगातार घटेको शेयर बजार मङ्गलवार (आज) भने बढेको छ । नेप्से मङ्गलवार ९२ दशमलव ४६ अङ्कले बढेर २५ सय ९९ दशमलव ०८ विन्दुमा पुगेको छ ।

मङ्गलवार बैकिङ समूहको शेयर ४५ दशमलव १३ अङ्कले, व्यापार समूहको एक सय ९० दशमलव ७२ अङ्कले, हाइड्रोपावरको एक सय ५३ दशमलव ०८ अङ्कले, निर्जीवन बीमा समूहको पाँच सय ४३ दशमलव २७ अङ्कले, माइक्रोफाइनान्सको दुई सय ३७ दशमलव ५ अङ्कले र जीवन बीमा समूहको शेयर पाँच सय ५८ दशमलव ६३ अङ्कले बढेको छ ।

मङ्गलवार दुई सय १६ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको २३ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।