गण्डकीका सांसदको कोरोना रिपोर्ट पोजेटिभ आएपनि भोट हाल्न पाउने/भोली हुने भनिएको भोटिङ् बिहिबार हुन सक्ने

gandaki Pradesh

बैशाख १४, पोखरा,

गण्डकीका सांसदहरुको कोरोना परिक्षण गरेपछि मात्रै संसद बैठक बस्ने गरि सहमति जुटेको छ । सत्तारुढ एमालेका सांसदले सांसदको पिसिआर जाँच गर्नुपर्ने माग राखेर संसद अवरुद्ध गरेपछि आजको बैठक स्थगित भएको थियो ।

सभामुखको कार्यकक्षमा आजै बसेको प्रदेश सभा कार्य व्यवस्था समितिको बैठकले सबै सांसदको पिसिआर परीक्षण गर्ने निर्ण गरेपछि परिक्षण पश्चात भोली दिउसो १ बजेकालागि प्रदेश सभा बैठक डाकिएको छ ।
आज स्वाब संकलन गरेर भोलिसम्ममा रिपोर्ट आउने भएकाले दलहरुबीच यस्तो सहमति जुटेको एमाले संसदीय दलका नेता कृष्ण थापाले बताउनुभयो । आज छुटेका सांसदहरुको भोली बिहान ११ बजे पछि स्वाब संकलन गरिने पनि उहाँले जानकारी दिनुभयो ।
कार्य व्यवस्था परामर्श समितिको बैठकमा सांसदमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव छलफलमा सहभागी हुन नदिने तर मतदान गर्न भने दिने सहमति जुटेकोले भोलीको बैठक डाकिएको थापाले बताउनुभयो ।
पीसीआर गर्नुपर्ने भएकाले मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको भोटिङ भोली नै हुने कार्यसुचि रहेपनि बिहीबार सम्म धकेलिने सम्भावना बढेको एक सांसदले बताउनुभयो ।