बैशाख १४, काठमाण्डौ,
अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै वैशाख १५ गते मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।
यसैबिच सुनसरीको नेपाल भारत सीमा क्षेत्रबाट भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । कोराना भाइरस नियन्त्रणका लागि सशस्त्र प्रहरी परिचालन गरी सीमा क्षेत्रमा भारतिय नागरिकहरूको आवागमनलाई बन्द गरिएको सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिनु भयो ।