बैशाख १४, पोखरा,
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका २ जना सहित नेपालमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण थप १८ सहित देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामै देशभरबाट ५ सय ५५ जना निको भएर घर फर्किँदा २६ हजार २ सय ५५ जना आइसोलेसनमा रहेको मन्त्रालयले बताएको छ । संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् ।
यसैबिच
पोखरामा थप ९७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पछिल्लो चौबिस घण्टामा पोखराका थप ९७ जनामा संक्रमण पुष्टी भएको हो । सहित बाग्लुङमा ४ जना, नवलपुरमा ३ जना, तनहुँमा ३ जना, पर्वतमा २ जना, स्याङ्जामा २ जना साथै लमजुङमा र म्याग्दीमा १,१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार १ सय ५१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँका १ जना पुरुष र गोरखाको एक जना महिला रहेका छन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय १७ पुगेको छ ।