फुटसलको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त

gaurab-basnet

बैशाख १४, काठमाण्डौ

नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई ६ महिनाको लागि मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले मंगलबार बस्नेतलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । बस्नेतलाई एन्फाको फुटसल समितिले उक्त पदका लागि सिफारिस गरेको थियो । एएफसी–एन्फा ए लाइसेन्स पुरा गरेका बस्नेतले यसअघि राष्ट्रिय फुटसल टिमको सहायक प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।