भारतको दिल्ली सरकारले बैंककबाट १८ ट्याङ्कर अक्सिजन ल्याउँदै

अरविन्द-केजरीवाल bharat

बैशाख १४, एजेन्सी,


अक्सिजनको अभावबाट गुज्रिरहेको दिल्ली सरकारले बैंककबाट १८ वटा अक्सिजनको ट्याङ्कर मगाउने निर्णय गरेको छ । मगाइएको ट्याङ्कर बुधबारदेखि दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो ।
मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ । केन्द्र सरकारले एयरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उहाँको भनाइ छ ।
दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै त्यसले दिल्लीमा अक्सिजनको समस्या समाधान गर्ने बताउनुभयो । भारतमा पछिल्लो समय दैनिक ३ लाखभन्दा धेरै कोरोना संक्रमित थपिँदै गएका छन् ।