रुखमा झुन्डिएको अवस्थामा दुई जना मृत भेटिए

sucied11

बैशाख १४, कास्की,


पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जना मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका – १८ स्थित कफी घारीमा अन्दाजी ३०÷३२ वर्षको युवा तथा अन्दाजी २८÷३० वर्षकी युवती मृत फेला परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।

पोखरा – ६ बुलौदी भन्दा भित्र पट्टि वडा नम्बर १८ को जङ्गलमा कल्छेको रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान उनीहरू मृत अवस्थामा फेला परेको डिएसपी हमालले बताउनुभयो ।


जमिन देखि करिब ४/५ मिटरको उचाइमा रुखको एउटा हाँगामा सेतो कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको र मृतकहरूको पहिचान हुन बाँकि रहेको प्रहरीले बताएको छ । पोष्टमार्टमको तयारि गरिएकोले अनुसन्धान पछि नै आत्महत्या हो, होइन भन्नेबारे बताउन मिल्ने प्रहरीको भनाई छ ।