गण्डकी प्रदेशसभा बैठक भोली दिउँसो १ बजे बस्नेगरि स्थगित

gandaki Pradesh

बैशाख १४, कास्की

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ ।
मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेका थिए ।

एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि तत्काल सबै सांसदको पिसिआर परीक्षण गर्ने निर्णयका साथ प्रदेशसभा बैठक भोली दिउँसो १ बजे बस्ने गरि स्थगित भएको प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जानकारि दिनुभयो ।

आज सांसदहरुको पिसिआर परीक्षण गरिने र उक्त परीक्षणको रिपोर्ट आएपछि मात्र प्रदेशसभा बैठक बस्ने निर्णय भएको हो ।

कुनै प्रदेशसभा सांसदमा कोरोना संक्रमण देखिएको अवस्थामा भने त्यस्तो सांसदलाई निजी सवारी साधनमा आएर प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको मतदानमा भाग लिन दिइने तर बैठकमा सहभागी नगराइने पनि दलहरुबीच सहमति भएको थापाले बताउनुभएको छ ।