कास्कीमा अत्यावश्यक वाहेक अरु सबै क्रियाकलाप बन्द गर्न आदेश

Corona_Virus_tile

१५ गतेदेखि सवारीसाधनमा जोरबिजोर प्रणालि लागु

दिपेन्द्र रेग्मी, बैशाख १४, कास्की,


कोरोना संक्रमणको हटस्पट बनेको कास्की जिल्लामा १५ गते भोलीदेखि लागुहुनेगरि आंशिक निषेधाज्ञा जारि भएको छ ।

बजार हल्ला जस्तो हिँडडुलमै पूर्ण रोक नलगाउने तर १ हप्ता अत्यावश्यक बाहेक सम्पूर्ण कार्यमा रोक लगाईएको जिल्ला प्रसासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारि थानेश्वर गौतमद्धारा हस्ताक्षरित आदेशमा जनाईएको छ ।


स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईकासाथ पालना गर्दै खाद्यान्न पसलहरु सहित अत्यावश्यक सामाग्रीहरु सप्लाई गर्ने पसल, निर्माण सामाग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकि ८ बजे सम्म खुला रहने, मेडिकल, स्वास्थ्य सेवा प्रदायक संस्थाहरु २४ सै घण्टा खुला रहने र त्यसबाहेकका सपिङ्ग महल, डिपार्टमेन्टल स्टोर, होटल, रेष्टुरेण्ट, लगायतका पसलहरु पूर्ण रुपमा बन्द गर्नुपर्ने
आदेशमा भनिएको छ ।


त्यस्तै वैशाख १५ गतेदेखि नै खाद्यान्न सामाग्रि, ग्याँस तथा पेट्रोलियम पदार्थहरु ढुवानि गर्ने, स्वास्थ्य संस्थाका कर्मचारि, सरकारि कर्मचारि सहित प्रेस कार्ड बोकेका सञ्चारकर्मीहरुका साधन बाहेक अन्य सबै निजि तथा सार्वजनिक यातायातका साधनमा जोर बिजोर प्रणाली लागु गरिने भएको छ । १५ जना भन्दा बढी भेला भएर गरिने सम्पूर्ण कार्यहरुमा समेत रोक लगाईने भएको छ ।

हेर्नुहोस् विज्ञप्ति…