बैशाख ११, कास्की,
पोखराको काजिपोखरीमा आज दिउसो एउटा स्कुटरले अर्काे स्कुटरलाई नै ठक्कर दिँदा १३ वर्षीय बालक घाइते भएका छन् । आज दिउसो करिब १२ बजे कास्की जिल्लाको पोखरा १४ काजीपोखरी स्थित विरेन्द्रचोकमा भएको दुर्घटनामा सोही ठाँउका १३ वर्षीय एलन मगर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
विरेन्द्रचोकबाट काजिपोखरि तर्फ जाँदै गरेको, ग ६ प २०८५ नम्बरको स्कुटरले र सोहि दिशा तर्फ गईरहेको ग १५ प ६९४५ नम्बरको अर्काे स्कुटर ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइते भएका बालकलाई उपचारकालागि अस्पताल पठाइएको र उनको अवस्था मध्यम रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।
यसैबिच
आजै दिउसो तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं ९ बाइजाँगरमा बसले ठक्कर दिँदा एक बालक घाइते भएका छन् । प्रहरीका अनुसार दिउसोँ साढे २ बजेतिर बेशिसहर जाँदै गरेको ना ७ ख ४२७ नम्बरको बसले सोही ठाँउका ५ वर्षीय आशिष तामाङलाई ठक्कर दिएको हो । घाइते बालकलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । उनको अवस्था सामान्य रहेको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।