गण्डकी प्रदेशको गुरुङ्सरकार ढल्ने सम्भावना बढ्यो, भोलि प्रदेशसभाको विशेष अधिवेशन

gandaki sarkar

बैशाख ११, कास्की,


राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको आज शनिबार अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले ती सरकारहरूका विरुद्ध आएका अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय पनि गरेको छ । ओलीका पक्षधर र उनकै बाटो अनुशरण गर्ने कार्य र पद्धतिका विरुद्ध आफूहरु खडा भएको पनि जनमोर्चाले जनाएको छ ।
यसैबिच गण्डकी प्रदेशसभाको विशेष अधिवेशन भोलिकालागि बोलाईएको छ । भोलिको बैठकमा कुन रुपमा प्रस्तुत हुने भन्ने विषयमा आज काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी बिच आन्तरिक छलफल भएको कांग्रेस सांसद विष्णु लामिछानेले बताउनुभएको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमों) र जसपाबीच समझदारी बनिसकेको छ भने तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्को सरकार ढल्ने निश्चित जस्तै देखिएको छ । यसअघि बैशाख २ गते कांग्रेसकै नेतृत्वमा मुख्यमन्त्री गुरुङ्को विरुद्ध अविश्वास प्रस्ताव दर्ता भैसकेको छ ।