पोखरामा आज अनाथ बालबालिकाको सहयोगार्थ सांगीतिक कार्यक्रम हुँदै

पोखरा ।

पोखरामा आज अनाथ बालबालिकाको सहयोगार्थ सांगीतिक कार्यक्रम हुदैँ छ । ‘सेभ द चिल्ड्रेन,सेभ द नेसन’ को आयोजनामा हुने साँगीतिक कार्यक्रममा नेपालको चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ । कार्यक्रममा महानायक राजेश हमाल, गायक शिव परियार, गायिका मेलिना राई, लोकदोहोरी गायक प्रकाश सपुत ,चोलेन्द्र पौडेल, गायकद्वय सन्तोष बस्याल, सन्तोष सुवेदी सहित नेपाल आइडलकी गोल्डेन माईक विजेता निलिमा थापामगरको प्रस्तुति रहने छ ।

शुक्रबार यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम बाट आम्दानी भएको सम्पुर्ण रकम गण्डकी प्रदेशमा रहेका अनाथ तथा असहाय बालबालिकाका लागि खर्च गरिने संयोजक कमल पौडेलले बताए । ‘यो विशुद्ध नाफारहित कार्यक्रम हो’, उनले भने, ‘यसबाट हामीले कमाउला खाउला भन्ने छैन ।’

महानायक राजेश हमालले नेपालमा अनाथ तथा असहाय बालबालिकाका लागि केहि गरौ भन्ने चाहाना पहिले देखि हुदैआएको र अहिले आएर निक कार्य गर्नपाएको प्रति आयोजकलाई धन्यवाद दिए । ‘मनोरञ्जनको कार्यक्रमलाई हामी सबैले अवलोकन गरेका छौ’,उनले भने, ‘तर यो कार्यक्रम अरु जस्तो नभई बालबालिकाको हकहितको संरक्षणका निम्ति गरिएको हो ।’

यस्तै गायक शिव परियारले मनोरञ्जनको वातावरण मार्फत सामाजिक काम प्रति उत्तरदायि भएर लाग्न पाउँदा आनन्द मिल्ने बताए । नेपालका टुहुरा अनाथ असहाय बालबालिकाको सहयोगार्थका निम्ति आयोजना हुन गईरहेको सांगीतिक कार्यक्रममा आफुले प्रस्तुति राख्न पाउँदा धन्य भएको उनको भनाई थियो ।

जिवनमा धेरै सांगीतिक कार्यक्रम गरियो तर सामाजिक उद्देश्य राखेर दिनदुखीया हरु प्रति समर्पित भएर कार्यक्रम गर्न पाउँदा मनलाई सन्तोष मिल्ने उनि बताउछन् । उनले शनिबार पोखरा उद्योग बाणिज्य हलमा दिउसो १ बजेबाट सुरु हुने साँगीतिक कार्यक्रमका निम्ति सम्पुर्ण पोखरेलीलाई आग्रह गरेका छन् ।

यो केवल साँगीतिक कार्यक्रम मात्र नभई बालबालिकाको हितका निम्ति हामी पनि एक ईट्टा थप्छौ भन्ने हेतुले आफ्नो उपस्थिति रहेको परियारले बताए । मेलिना राई र प्रकाश सपुत भने पत्रकार सम्मेलनमा उपस्थित थिएन्न् । उनिहरु शनिबारनै पोखरा आउने आयोजकले बताएको छ ।