पत्रकार गिरी साधारण तारेखमा रिहा

बैशख–५, पोखरा ।

पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । ठगीको समाचार लेखेका ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । अधिवक्ता स्वागत नेपाल लगायतले गरेको बहसपछि यस्तो आदेश आएको हो ।

पोखराका व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्र्तगत प्रहरी केन्द्रीय व्युराको आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २ गते नियन्त्रणमा लिएको थियो । रिहाइको आदेश लगत्तै सम्पादक गिरीले ठगी गर्नेहरुको बिरुद्ध निरन्तर लेखिरहने बताएका छन् ।