नमुना आमा समुहद्धारा कोरोना सचेतना कार्यक्रम

namuna aama samuha

बैशाख ९, कास्की,


कोरोना संक्रमण नियन्त्रणमा सघाउ पुर्याउने उद्येश्यले नमुना आमा समुहले माक्स, स्यानिटाइजर वितरण एवं चेतनामुलक कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका १, बगरमा रहेको नमुना आमा समुहले पोखरामा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि त्यसको न्यूनिकरणका लागि स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्डहरु पालना गरि कार्य गर्न र गराउन अनुरोध गरेको समुहकि रिता अधिकारि आचार्यले बताउनुभयो ।

माक्स वितरण गर्दै


कोभिड १९ संक्रमण रोक्नकालागि पहिले आँफै सचेत हुनुपर्ने, माक्स र स्यानिटाईजरको नियमित प्रयोग गर्नुपर्ने भन्दै बगरट्यक्सिचोक, माछापुच्छ्रे«चोक लगायतका स्थानिय र आवजावत गर्ने विभिन्न व्यक्तिहरुलाई सचेत गराईएको थियो । २०६१ सालमा स्थापना भएको नमुना आमा समुहले समय समयमा सामाजिक कार्यहरु गर्दै आईरहेको आचार्यले बताउनुभयो ।