नभाल्नीको रिहाईको माग गर्दै समर्थकहरुद्धारा रुसमा प्रदर्शन

Russia-Protest

बैशाख ९, एजेन्सी,


रुसी विपक्षी नेता अलेक्सी नभाल्नीका समर्थकले देशव्यापी रुपमा प्रदर्शन गरेका छन् । केही समयअघिदेखि हिरासतमा रहेका नभाल्नीको स्वास्थ्य अवस्था गम्भीर भएपनि उपचार नभएको समाचार सार्वजनिक भएसँगै उनका समर्थकहरुले देशव्यापी रुपको विरोध प्रदर्शन गर्दै आएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक नभाल्नीको स्वतन्त्रताको माग गर्दै हजारौं समर्थकहरु सडकमा ओर्लिएको अलजजिराले जनाएको छ । संयुक्त राष्ट्रसंघले पनि नभाल्नीको उचित उपचारको व्यवस्था नमिलाएको भन्दै सरकारको आलोचना गरेको छ ।
राष्ट्रसंघले नभाल्नीको मानवअधिकारको रक्षा रुसको ध्यानाकर्षण गराउँदै आएको छ । यता सरकारी अधिकारीहरुले नवाल्नीमाथि कुनै अमानवीय व्यवहार नगरेको स्पष्ट पारेका छन् । उनीहरुले कैदी बन्दीले पाउने सुविधासहित हिरासतमा राखिएको दावी गरेका छन् । सुरक्षा अधिकारीहरुले कतिपय प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । ४४ वर्षिय नभाल्नीलाई जर्मनीबाट फर्कने क्रममा गत जनवरीमा विमानस्थलबाटै पक्राउ गरिएको थियो ।