भारतको एक अस्पतालमा अक्सिजन नपाएर २२ बिरामीको ज्यान गयो

bharat

बैशाख ८, एजेन्सी,


भारतको महाराष्ट्र राज्यको नासिकमा रहेको डाक्टर जाकिर हुसैन अस्पतालमा अक्सिजन नपाएर २२ बिरामीको ज्यान गएको छ । अक्सिजन चुहावट हुँदा यो घटना भएको बीबीसीले जनाएको छ । नासिक नगर निगम आयुक्तले २२ जनाको ज्यान गएको पुष्टि गर्नुभएको छ ।


उहाँका अनुसार अस्पतालमा एक सय ५० जना भर्ना भएका छन् र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो । अक्सिजन चुहावट हुँदा अस्पतालमा अक्सिजन आपूर्ति झण्डै आधा घण्टा रोकिएको थियो । समाचार एजेन्सी एएनआईका अनुसार ट्याङकरको माध्यमबाट अक्सिजन भर्दै गर्दा यो घटना भएको हो ।