सरकारको निर्णयले पर्यटन व्यवसायि मारमा

pokhara

बैशाख ८, कास्की


कोरोनाको कहरसँगै आएको सरकारी निर्देशन अर्ध लकडाउन भएको पर्यटन व्यवसायीले बताएका छन् ।
बामे सर्न लागेको पर्यटनलाई असर गर्ने गरी आएको सरकारी निर्देशनलाई पोखराका पर्यटन तथा होटल व्यवसायीहरुले अर्ध लकडाउनको संज्ञा दिएका हुन् । उनीहरुले कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै चलमलाउन थालेको पोखराको पर्यटन क्षेत्र पुनः सुस्ताउने पिरलोमा आफूहरु रहेको बताउँदै सो निर्देशनलाई परिमार्जन गर्नुपर्ने समेत बताए ।
कोरोनाको दोस्रो लहर आएपछि नेपाल सराकारले बेलुका ८ बजे भित्रमा होटल तथा रेस्टुराँ बन्द गर्न गरेको निर्देशनले व्यवसायीहरु बढी प्रताडित हुन पुगेको पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचनले गुनासो गरेका छन् ।
उनले राती ८ बजे नभई १० बजे होटल बन्द गर्ने वातावरण बनाउनुपर्ने बताउँदै दुई घन्टाको समय बढाउँदा टाढाबाट आउने आन्तरिक पर्यटकलाई राहत पुग्ने उल्लेख गरे ।
‘संस्थागत भ्रमण, धार्मिक पर्यटन, विहेवारी, मिटिङ सेमिनारको काम पहिल्यै निधो भइसकेको अवस्थामा सरकारको निर्देशनले विजनेसमा तुषारात लागेको उनले बताए । ‘व्यवसायीलाई सचेत र सजगता अपनाई १० बजेसम्म खोल्न दिए हुन्थ्यो भन्ने उनको माग रहेको छ ।
उनका अनुसार खोप समेत लगाइ सकिएकोले पर्यटनमा नयाँ आशा देखा परेको थियो । तर भारतमा कोरोना व्यापक रुपमा फैलिएपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिँदा पर्यटन क्षेत्र अझ बढी प्रभावित भएको छ ।