प्यूठानको जिप दुर्घटना : अपडेट

ohhh

बैशाख १, कास्की,

प्यूठानको स्वर्गद्वारीनजिकै भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ ।
रुमाले भन्ने ठाउँमा भएको जीप दुर्घटनाका घाइतेमध्ये ६ जनालाई उपचारका लागि काठमाण्डौ लगिएको छ । घाइतेमध्ये ६ जनालाई उपचारका लागि नेपाल आर्मीको हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको र बाँकी पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
त्यस्तै अन्य पाँच जना घाइतेको प्युठान अस्पताल बिजुवार र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी चढेका लु १ ज १६५५ नम्बरको जीप बुधवार दिउँसो रुमाले भन्ने ठाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा स्याङ्जाका ३८ वर्षीय श्याम न्यौपाने, सूर्यप्रसाद पन्थी, ईश्वरी भण्डारी, गुल्मीका यमलाल पन्थी, र मुसिकोट नगरपालिका ३ का २२ वर्षीय सवारी चालक केशव कार्कीको ज्यान गएको छ ।

घुमाउरो बाटोमा बसलाई ओभरटेक गर्ने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा १६ जना रहेको बताइएको छ ।