पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु,

corona-death

बैशाख २, कास्की,

नेपालमा थप पाँच सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५८८ जनामा पिसिआर गर्दा ४९० र ५६४ मा एन्टिजेन परीक्षण गर्दा ४४ लाई कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १५७ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार ६ सय ४ पुगेको छ । त्यस्तै, कोरोनाको संक्रमणबाट थप पाँच जनाले ज्यान समेत गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।
यसैबिच
देशभरी नै कोरोना लाग्नेको संख्या दिन प्रति दिन बढ्दै जाँदा गण्डकी प्रदेशमा पनि पछिल्लो साता ११ वर्षका २६ बालबालिकामा यूके भेरियन्टको संक्रमण पुष्टि भएको छ । संक्रमति हुनेमा ११ वर्षका बालबालिका धेरै रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । पछिल्लो साता ११ वर्षका २६ जनामा यूके भेरियन्ट पुष्टि भएको निर्देशनालयका प्रमुख डा। विनोदविन्दु शर्माले जानकारी दिनुभयो । यो उमेरका बालबालिकामा संक्रमण धेरै देखिएपछि विद्यालयमा ¥यान्डम नमुना परीक्षण सुरु गरिएको पनि डा. शर्माले बताउनुभयो । गण्डकी प्रदेशमा अहिले कोरोनाका ४१६ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।