चितवनमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु, ७ जना घाइते (नामावली सहित)

accident sanket

चैत २९, चितवन,

चितवनको भरतपुर–१९ रामपुरमा आज ९आइतबार० विहान म्याजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भिर रहेको छ ।

भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक अनियन्त्रित भइ सडकबाट कल्बर्डमा खसेको थियो । दुर्घटनामा कास्की रुपा गाउँपालिका–१ बस्ने ४५ वर्षीय सूर्य खाती र भरतपुर महानगरपालिका–४ बस्ने ५० वर्षीय राजेन्द्र दमाईको मृत्यु भएको छ ।

यस्तै घाइते हुनेमा लम्जुङको दोर्जि गा।पा।३ बस्ने वर्ष ३१ का विनोद गुरुङ र रसुवा कालिका गा।पा।२ बस्ने वर्ष १९ का प्रदिप घिमिरेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । त्यस्तै म्याजिक चालक भरतपुर–१९ शारदानगर बस्ने बर्ष ३५ का रमेश थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुबै खुट्टा भांचिएका थापाको अवस्था गम्भिर रहेको छ ।

त्यसैगरि भरतपुर–६ बस्ने बर्ष ४७ की शारदा परियार, भरतपुर–२१ पार्वतिपुर बस्ने बर्ष ४८ की कुमारी बि।क, भरतपुर–१९ शारदानगर बस्ने बर्ष ३२ की बबिता गुरुङ र भरतपुर–१९ रामपुर बस्ने बर्ष २४ का अनुप लामाको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।