विद्यालय बन्द गर्ने विषयमा छलफल हुँदै

school banda

चैत २९, कास्की,

कोरोना संक्रमण नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायलाई भोलि छलफलका लागि बोलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थालाई तीन हप्ता अनलाइन कक्षा सञ्चाालन गर्न सुझाव दिएपछि निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल ९प्याब्सन० र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन, नेपाल ९एन प्याब्सन० लगायत शैक्षिक सरोकारवाला निकायलाई छलफल गर्न बोलाइएको हो ।

कोरोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिन सरोकारवाला निकायलाई बोलाइएको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताउनुभयो ।