चैत २८, कास्की,
लियो क्लव अफ पोखरा फिस्टेल सिटिवर्ष २०२१र२२ का लागि नयाँ कार्यसमितिलाई आज पदभार हस्तान्तरण गरिएको छ।
क्लबले संस्थाको दसौं अध्यक्ष मा लियो सन्तोष बराल सर्वसम्मत चयन गरेको थियो। प्रथम उपाध्यक्षमा लियो लियो महेन्द्र अधिकारी , दोस्रो उपाध्यक्षमा लियो नवीन ढकाल, सचिवमा लियो बिबेक सापकोटा कोषाध्यक्षमा बिजय खनाल सह(सचिवमा लियो रोनिस रानाभाट, सह ( कोषाध्यक्षमा लियो रबिन्द्र बराल, पब्लिक रिलेशन अफिसरमा लियो सन्दिप लामिछाने, टेल ट्विस्टर मा लियो बिकाश बराल, ट्यामर मा लियो हेमन्त बराल
क्लबका निवर्तमान अध्यक्ष लियो बिदुर सापकोटाको सभापतित्व र लियो क्लवअफ पोखरा फिस्टेल का पुर्बअध्यक्ष लियो नम राज पौडेल ३२५ बि १ जिल्ला अध्यक्ष सल्लाहकार लियो गणेश बराल ३२५ बि १ क्षेत्र संयोजक लियो अशोक बराल आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई क्लबका निबर्तमान सचिब लियो नवीन ढकाल सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा नवगठित कार्यसमितिले भावी कार्ययोजना पनि सुनाएको थियो। नव गठित कार्यसमिति र समितिका अध्यक्ष लियो सन्तोष बराल यस विषम परिस्थितिमा यस क्लबलाई सफलताको अर्को उचाईमा लैजान चुनौती हुनेछ।एक ब्यक्ती एक बर्ष एक पदको मान्यता अनुरुप हरेक बर्ष क्लबले नयाँ कार्यसमिती चयन गर्ने गर्दछ । चुनौति र अवसरको यस समयमा आफूलाई थप जिम्मेवारी सहित नेतृत्व सम्हालेका बरालले आगामी कार्यकाल सफल र सभ्य बनाउन सबै साथिहरुलाई नयाँ जिम्मेवारी दिएको र सबैको साथ सहयोगबाट नै आउदो बर्ष सफल बन्नेमा आफू विस्वस्त रहेको बताउनुभयो ।