चैत २७, कास्की,
कास्कीको पोखरामा श्रीमद्धभगवत गिता विषयक प्रवचन, सत्संग तथा श्रीमद्धभगवत गिता पुस्तक वितरण कार्यक्रम भएको छ ।
दक्षिण एसियालि ज्योतिस महासंघ गण्डकी प्रदेशको आयोजनामा पोखराको अकलादेवि, मणिनारायण मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा ८२ जनालाई श्रीमद्धभगवत गिता वितरण गरिएको आयोजक मध्यका होमनाथ आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा धार्मिक व्यक्तित्व डा. भोलानारायण रेग्मीले भगवत गिताको महत्व बारे प्रकाश पार्दै जिवनलाई सरल मार्गमा व्यतित गर्नको निम्ती श्रीमद्धभगवत गिता सबैले अनिवार्य रुपमा अध्ययन गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका रेगमीले हिन्दु धर्मलाई सहि अर्थमा बुझ्नकालागि पनि गिता अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै सोहि कार्यक्रममा अकलादेवि मन्दिर व्यवस्थापन समितिले ५०० पिस नयाँ वर्ष २०७८ को भित्ते पात्रो समेत वितरण गरेको आचार्यले बताउनुभयो ।