चैत २७, काठमाण्डौँ
सरकारले पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेको जनाएको छ ।
अहिले संक्रमित भएका व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेकाले धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो । जटिल लक्षण धेरै देखिएका मान्छेहरूमा मृत्यु पनि धेरै हुने सम्भावना रहेको उहाँको भनाई छ ।
यस्तै प्रवक्ता गौतमले भिडभाडले गर्दा कोरोना संक्रमण छिटो फैलिने भएकाले २५ जनाभन्दा बढी मानिस भेला हुने रोक लगाउने गरी कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)लाई सिफारिस गरेको छ । विद्यालय, कलेज, सिनेमा हल, पार्टी प्यालेस पनि बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उहाँको भनाइ छ ।