चैत २७,कास्की,
पछिल्लो २४ घण्टामा देशभर दुई सय ८८ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । चार हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार तीन सय ८८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय २७ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार सात सय ३५ पुगेको छ । अहिले नेपालमा २६ सय १५ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म तीन हजार ३८ जनाको ज्यान गएको छ ।
यसैबिच कास्की जिल्लाको पोखरा महानगरपालिकामा ३६ जनासहित गण्डकी प्रदेशमा थप ४० जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बाग्लुङमा ३ जना र म्याग्दीमा १ जनामा पनि संक्रमण देखिएको छ । प्रदेशमा संक्रमितहरुको संख्या १६ हजार ८ सय अत्सट्ठि पुगेको छ ।