चैत २७, विराटनगर,
नेकपा एमालेका नेता माधवकुमार नेपालले विधान विपरीत काम गर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेता नेपालले ओलीलाई साथ दिनेहरु दास भएकाले समानान्तर कमिटी गठनका लागि विराटनगर आएको बताउनुभयो । अध्यक्ष ओलीले विधान विपरीत काम गर्दै हिँडेकाले सामानान्तर कमिटी गठन गर्न शुरु गरेको उहाँको भनाइ छ ।
आफहरु ओलीको दास हुन नसक्ने भन्दै नेता नेपालले संगठित भएर विरोध गर्ने स्पष्ट पार्नुभयो । उहाँले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै २०७५ साल जेठ २ को अवस्थामा पार्टी फर्किनु पर्ने बताउनुभयो ।
गलत प्रवृत्तिको मूलवाहक ओली शैलीबाट देशले मुक्ति पाओस् भन्ने चाहनाले पार्टीका नेता तथा कार्यकर्तामा आशा जगाउन एकता अभियानमा अघि बढेको नेपालले बताउनुभयो ।