गृह मन्त्री थापालाई पनि माओवादी केन्द्रले बारवाहि गर्यो

Ram-Bahadur-Thapa

चैत २७, काठमाण्डौँ

नेकपा माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा आफ्नो सांसद् नरहेको सूचना सङ्घीय संसद् सचिवालयलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका गृह मन्त्री थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार अब बस्ने राष्ट्रिय सभा बैठकमा उहाँको राष्ट्रिय सभा सदस्य पद रिक्त हुनेछ । पार्टीले शुक्रवार (आज) राष्ट्रिय सभा सचिवालयलाई पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको नेता शर्माले जानकारी दिनुभयो ।