न्यायाधीशमा सिफारिस सुवेदी अयोग्य : बार एसोसिएशन

Nahakul-Subedi

चैत २७, काठमाण्डौ,

सर्वोच्च अदालत बार एसोसिएशनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नियुक्ति र छनोट प्रक्रिया गलत रहेको बताएको छ ।

न्याय परिषदबाट गएको फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस सुवेदीको योग्यता नपुगेको बार एसोसिएशनले बताएको छ ।

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुन उच्च अदालतमा न्यायाधीशका रूपमा पाँच वर्ष काम गरेको हुनुपर्ने तर सुवेदीको हकमा तीन वर्ष दुई महिना तीन दिनमात्र काम गरेको देखिएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताउनुभयो ।

बार एसोसिएशनले न्याय परिषद् र संसदीय सुनुवाइका सभापतिको ध्यानाकर्षणसमेत गरेको सर्वोच्च बारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।