१८ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमणको जोखिम उच्च/हिजो मात्रै ५१ जना बालबालिकामा संक्रमण पुष्टी

helt news

चैत २७, कास्की,

पछिल्लो समयको कोरोना संक्रमणलाई हेर्दा १८ वर्ष मुनिका बालबालिकाहरुमा उच्च संक्रमण दर देखिएको छ । विषेश गरि स्कुले बालबालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेका छन् । विद्यालय क्षेत्र कोरोनाको उच्च जोखिममापरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विषेश गरि पोखरा जस्ता ठूला शहरहरुमा संक्रमितको संख्या बढ्दै जाँदा पनि मानिसले न्यूनतम स्वास्थ्य मापदण्ड पनि पालना नगर्ने गरेको पाईएको छ । पोखरा महानगपालिकामा मात्रै पछिल्ला केहि दिनमा दैनिक १५ देखि २० जनाको हाराहारिमा कोरोना संक्रमण थपिँदै गएको छ । कोरोनालाई सामान्य रुपमा लिईदिनाले समस्या झन् विकराल बन्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार यसअघि ज्येष्ठ नागरिक र दीर्घरोघीलाई उच्च जोखिमयुक्त वर्गमा राखिएपनि पछिल्ला दिनको संक्रमणदरलाई नियाल्दा ालबालिका पनि उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।

मन्त्रालयका अनुसार बिहिबार एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिका संक्रमित भएका थिए । मन्त्रालयको पछिल्लो तथ्याङ्कले १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर बढेर १६ प्रतिशत पुगेको देखाएको छ । १८ वर्षभन्दा मुनिका व्यक्तिलाई कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढेकाले शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

नेपालमा बेलायतमा देखिएको कोरोनाको भेरियन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ । स्वास्थ्य विज्ञले घरबाट बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न र बेलाबेलामा साबुनपानीले हात धुन तथा भीडभाडमा नजान आग्रह गर्दै आएका छन् ।