कास्कीमा माधव नेपाल समूहद्धारा समानान्तर कमिटिको घोषणा, “पार्टीमा ब्यक्तिको देवत्वकरण हावी भयो” : नेपाल

makune by dipendra

चैत १९, कास्की,

पार्टीबाट निलम्बित भएका नेकपा एमालेका नेता माधव कुमार नेपाल समुहले कास्कीमा समानान्तर कमिटिको गठन गरेको छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा कास्कीको पोखरामा भएको भेलाले कास्की संयोजकमा धनराज आचार्यलाई चयन गरेको छ । त्यस्तै होमबहादुर नेपालीलाई सचिवमा चयन गरेको छ ।

पोखराको कार्यक्रममा नेता माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे

नेपाल समूहको संयोजकमा चयन भएका आचार्य नेकपा एमालेका पूर्व जिल्ला कमिटि सदस्य र सचिव चुनिनुभएका होमबहादुर नेपाली पनि जिल्ला कमिटिका पूर्व सदस्य संयोजक रहनुभएको थियो । सचिव चयन गरेको नेपाल समूहले अर्को भेलाबाट कमिटिलाई पूर्णता दिने जनाएको छ ।
यसैबिच
नेकपा एमालेका निलम्बीत नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी सिद्धान्त अनुसार चल्नुपर्नेमा जोड दिनुभएको छ । वहाँले पार्टीमा ब्यक्तिको देवत्वकरण हावी हुदै जाँदा कम्युनिष्ट आन्दोलनलाई धक्का पुगेको जिकिर गर्नुभयो । बरिष्ठ नेता नेपालले पार्टी सिद्धान्त अनुसार चलेकै कारण चीनमा सय बर्ष कम्युनिष्ट शासन टिकिरहेको दृष्टान्त दिनुभयो ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टी र सरकार दुबै फोरममा ओलीको ब्यक्तिवादी चरित्र हावी भएकाले पार्टीका कार्यकर्ता र आम नागरिकले तानशाह र निरंकुशताको गन्ध महशुष गरेको जिकिर गर्नुभयो । नेता पाण्डेले कास्कीका कार्यकर्ताहरुमाझ बोल्ने क्रममा ओलीको हठलाई ईमान्दार कार्यकर्ताको भावना, बिचार र ब्यवहारले अन्त्य गरिदिने ठोकुवा गरेका छन् ।