मौषममा आंशिक प्रभाव : पोखरा विमानस्थलबाट मात्र १४१ वटा उडान रद्द

pokhara-airpot

चैत १८, कास्की,

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । वायुमण्डलमा आज केही सुधार देखिए पनि भोलि फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेकोले भोलि फेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको उहाँको भनाई छ ।

अझै ३ दिन मौसममा सुधार नआउने मौसमविदको भनाई छ ।

यसैविच वायु प्रदूषणले पोखरालाई काठमाडौंसँग जोड्ने हवाई सम्पर्क पाँचदिनदेखि पूर्णरुपमा टुटेको छ । गत शुक्रबार अबेरपछि पोखरा–काठमाडौंका उडान रोकिन थालेका थिए । शनिबारदेखि आजसम्म पोखरा–काठमाडौं रुटमा एउटै उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ । ६ दिनको यो अवधिमा पोखरा विमानस्थलबाट मात्र १४१ वटा उडान रद्द भएका छन् । त्यसले विमानस्थल मात्र नभई पोखराको पर्यटन र हवाई क्षेत्रलाई समेत आर्थिक रुपमा नोक्सान पु¥याएको छ । आज बिहान खुलेको पोखराको मौसम केही समयपछि बिग्रँदा दिनभर उडान हुन नसकेको विमानस्थलले बताएको छ ।