महोत्तरीबाट बेपत्ता भएका ७ किशोरीको भारतबाट उद्वार

balika bhetiye

चैत १८, महोत्तरी,


महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी भारतको सितामढीबाट उद्वार गरिएको छ।

मङ्गलबार दिउँसो घाँस काट्न गएको र सम्पर्क बाहिर रहेका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी भारतको सीतामढीमा रहेको सुचना आधारमा नेपाल प्रहरीले उद्वार गरेको महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले बताउनुभयो।

उद्वार गरिएकाहरुमा धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान रहेका छन्।

उनीहरूलाई कसैले अपहरण गरेको हो वा आफैँ कतै जान लागेको हो भन्ने विषयमा अहिले केही पनि नखुलेको प्रहरीले जनाएको छ।