चैत १७, कास्की,
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो ।
सोहि कार्यक्रममा प्रधानमन्त्री ओलीले प्राध्यापक, बुद्धिजीवी र सञ्चारमाध्यमको भूमिकालाई लिएर चर्को विरोध गर्नुभएको छ ।
उहाँले देशका सबै ठाउँमा सडक पुगेको, शिक्षा, स्वास्थ्य खानेपानीलगायतका सुविधा पुगेको र नागरिक सुखी हुँदै गएको तर सञ्चारमाध्यम र बुद्धिजीवीले सरकारका काम देखी नसहेको आरोप लगाउनुभयो । अहिले एकथरीले देश सङ्कटमा परेको बताइरहेको तर देशलाई आफूले सङ्कटमा पर्न नदिएको भन्दै प्रचण्ड र माधवकुमार नेपाललाई बाहेक अरू कसैलाई पनि सङ्कट नपरेको प्रधानमन्त्री ओलिले बताउनुभयो ।
प्रचण्डसँग आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति भए पनि प्रचण्डले कार्यकारी अध्यक्ष मागेको र आधा समय प्रधानमन्त्री नबन्ने बताएपछि आफूले नछाडेको ओलीको दाबी छ ।