अस्वस्थ प्रतिस्पर्धाकै कारण संचारक्षेत्रहरुमा समस्या : मन्त्री चुमान

mantri cuman

चैत १७, पोखरा,

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले मिडियाकर्मिहरुको अस्वस्थ प्रतिस्पर्धाकै कारण संचारक्षेत्रहरुमा समस्या सृजना भएको बताउनुभएको छ । ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान)ले आज कास्कीको पोखरामा आयोजना गरेको संचारमा नयाँ प्रविधि र अहिलेको अवस्था विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चुमानले पछिल्लो समय भएको डिजिटल प्लेटफर्मको विकास सँगै रेडियोहरुलले पनि अस्वस्थ प्रतिस्पर्धा छाडेर एक भएर कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रम संचालन हुँदै

नेपाल भरि छरिएर रहेका स्वतन्त्र रेडियोहरुको छाता संगठन वान को आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा भएको कार्यक्रममा मन्त्री चुमानले विभिन्न कार्यक्रम गरिएपछि त्यसको परिणामका बारेमा पुनः छलफल हुन नसक्नुले पनि त्यस्ता कार्यक्रमको औचित्यमाथि प्रश्न उठ्ने गरेको बताउनुभएको छ । उहाँले श्रमजीवि पत्रकारहरुको मर्मलाई मिडिया सञ्चालकहरुले सम्बोधन गर्न सकेमात्र समाजलाई सत्य तथ्य सुसुचित गर्न सकिने कुरामा जोड दिनुभयो । कार्यक्रमका अन्य वक्ताहरुले नेपाली समाजमा अझै पनि रेडियो एफएमहरुको प्रमुख भूमिका रहेकोमा जोड दिँदै रेडियोहरुले स्थानिय स्तरका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने औँल्याएका थिए ।