सर्वोच्चले फैसला सच्याउनेमा माओवादि अध्यक्ष दाहालको विश्वास

1351976976Prachanda-Comrade-LRO

१७ चैत, कास्की,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र अलग हुन सर्वोच्च अदालतले गरेको फैसला सच्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

मंगलबार फैसला सच्चाउन माग गर्दै पुनरावलोकनको निवेदन लिएर सर्वोच्च पुग्नुभएका दाहालले अदालतको दैलोमै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भन्नुभयो, ‘एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले ग¥यो, त्यो सच्याउनेछ ।’

नेकपाको नामसम्बन्धि विवादमा परेको मुद्दा गत फागुन २३ गते छिन्ने क्रममा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकतासमेत अस्वीकृत गर्दै दुबै पार्टी अलग हुने फैसला सुनाएको थियो ।

अदालतको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको भएको टिप्पणी गर्दै दाहालले भन्नुभयो, ‘मलाई र हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको छ ।’

रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने नचाहेको, नाम मात्र करेक्सन होस् भन्ने चाहना थियो भन्दै उहाँले सर्वोच्चले फैसला पुनरावलोकन गर्ने र त्यो ढिलो पनि नहुने विश्वास व्यक्त गर्नुभयो ।

निवेदन दर्ता गराउन अध्यक्ष दाहालका समथमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मातृका यादवलगायत सर्वोच्च पुग्नुभएको थियो ।